२०८१ असार २० , बुधवार

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

Share

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक १४.८३ अंकले घटेको छ।नेप्से ०.७२ प्रतिशतले घटेर २०३७.०९ विन्दुमा बन्द भएको छ।

यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार तीन अर्ब ७१ करोड ५९ लाख तीन हजार ८२४ रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार ४०७ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ११ करोड रूपैयाँ कमी आएको हो।यस दिन ३२० वटा धितोपत्रको ९१ लाख ७८ हजार ८९५ कित्ता सेयर किनबेच भएको हो।आइतबार ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० वटाको घटेको छ। यस्तै, ७ कम्पनीको मूल्य स्थिर रहेको छ।