२०८१ आश्विन ५ , शनिवार

विक्की र तृप्तिको ‘ब्याड न्यूज’ को ट्रेलर सार्वजनिक

ioooo

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड अभिनेता विक्की कौशल, एमी विर्क र अभिनेत्री तृप्ति डिमरी अभिनीत फिल्म ‘ब्याड न्यूज’ को ट्रेलर सार्वजनिक भएको छ।

सार्वजनिक ट्रेलरमा तृप्ति विक्की र एमीको प्रेममा भएको देखाइएको छ। आनन्द तिवारीले निर्देशन गरेको ‘ब्याड न्यूज’ मा विक्की, एमी र तृप्तिसँगै नेहा धूपिया, अनन्या पान्डेलगायत कलाकारको अभिनय छ।

यो फिल्म १९ जुलाईदेखि प्रदर्शनमा आउनेछ।