सुनाखरी न्युज/ काठमाडौं ।
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा मिति २०८१/०३/१३ गते बसेकोे यस संस्थाको सञ्चालक समितिको बैठकले हेकुली–०४, दाङ स्थाई घर भई हाल भैसेँपाटी, ललितपुर–२५ निवासी श्री प्रकाश राज शर्माज्यूलाई उक्त रिक्त रहेको सर्वसाधारण समूहको तर्पmबाट प्रतिनिधित्व हुने सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त गरेको छ ।
साथै सोही सञ्चालक समितिको बैठकबाट प्रकाश राज शर्माज्यूलाई सर्वसम्मतिका साथ अध्यक्षको पदमा समेत चयन गरिएको छ ।
नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्ष समेत भईसकेका प्रकाश राज शर्माज्यूको कृषि क्षेत्र, विभिन्न लघुवित्त एवं बैंक तथा वित्तीय क्षेत्रमा करिब ४२ वर्षको कार्यानुभव रहेको बताए ।
उहाँले व्यवसाय प्रशासन विषयमा स्नाकोत्तर तथा कृषि विज्ञान विषयमा स्नातकको उपाधी हासिल गरेको छ । लघुवित्त क्षेत्रमा लामो समयको अनुभव रहेको हुँदा उहाँको नेतृत्वमा संस्थाले नयाँ उचाई हासिल गर्ने संस्थाको विश्वास रहेको छ ।