२०८१ असार २० , बुधवार

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम दुई अर्बमाथि

Share Up

सुनाखरी न्युज/ काठमाडौं ।

सोमबार नेप्से परिसूचक १६.२९ अंकले बढेको छ।नेप्से ०.८० प्रतिशतले बढेर २०५३.३८ विन्दुमा बन्द भएको छ।यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

आइतबार तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार ४०७ रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार दुई अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६१ करोड रूपैयाँ कमी आएको हो।यस दिन ३२३ वटा धितोपत्रको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर किनबेच भएको हो।सोमबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० वटाको घटेको छ। यस्तै, ११ कम्पनीको मूल्य स्थिर रहेको छ।