२०८१ मंसिर १० , सोमवार

भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै

india flag

सुनाखरी न्युज/ काठमाडौं ।

भारतले आगामी जुलाई ३ र ४ मा नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको तत्वावधानमा ’ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ आयोजना गर्दैछ ।

इलेक्ट्रोनिक्स र आईटी मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार, शिखर सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय एआई विशेषज्ञबीच सहयोग र ज्ञान आदान प्रदानलाई बढावा दिने, नैतिक र समावेशी एआई विकासमा भारतको समर्पणलाई सुदृढ पार्नु हो ।ग्लोबल इन्डिया एआई शिखर सम्मेलन २०२४ ले विज्ञान, उद्योग, नागरिक समाज, सरकार, अन्तर्राष्ट्रिय सङ्गठन र शिक्षाविद्लगायत विभिन्न क्षेत्रका हितग्राहीका लागि महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्नेछ ।

सम्मेलनले प्रमुख एआई मुद्दाहरू छलफल गर्न, अन्तरदृष्टि साझा गर्न र एआई इकोसिस्टमले सामना गर्ने चुनौतिलाई सम्बोधन गर्नेछ ।शिखर सम्मेलनको आयोजनाबाट भारतले सुरक्षित समाजका लागि फाइदाजनक उन्नत प्रविधिमा ध्यान केन्द्रित गर्दै विश्वव्यापी एआई समुदायमा एक सक्रिय खेलाडीको रूपमा आफ्नो भूमिकालाई पुनः पुष्टि गरिरहेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (जिपिएआई) मा ग्लोबल पार्टनरसिपको प्रमुख अध्यक्षको रूपमा भारतले विश्वसनीय एआई अभ्यासहरूमा जिपिएआईको प्रतिबद्धतालाई अगाडि बढाउन सदस्य देशहरू र विशेषज्ञहरूको आयोजना गर्न तयार छ ।शिखर सम्मेलनको उद्देश्य एआई डोमेनमा नेतृत्व गर्ने भारतको क्षमता प्रदर्शन गर्नु हो र एआई लाभमा सबैको पहुँच सुनिश्चित गर्ने देशको लक्ष्यलाई जोड दिई राष्ट्रको सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउनु हो ।  रासस/एएनआई