२०८१ असार २३ , शनिवार

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक, कहिले कुन विषय ?

exaM

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो ।परीक्षा बिहानको ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि पनि पूरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन पाउने छैनन् ।पूरक परीक्षाका लागि यो वर्षदेखि बोर्डले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

त्यसका लागि बोर्डको वेबसाइट www.see.gov.np बाट फाराम लिन सकिनेछ । ग्रेडबृद्धि पूरक परीक्षाका लागि विद्यार्थीले ५ सय रुपैयाँ बुझाउनु पर्ने बोर्डले उल्लेख गरेको छ ।बोर्डले ०८० चैत १५ गतेदेखि भएको एसईई परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको थियो ।

तालिका :