सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ।अघिल्लो दिन दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ।चाँदी मंगलबार प्रतितोला १८ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ।