२०८१ पुष ८ , सोमवार

प्रतितोला चार सय रूपैयाँ बढ्यो सुनको भाउ

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको मूल्य बढेको छ।गत शुक्रबारदेखि बढ्न थालेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो। सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।