२०८१ असार २२ , शुक्रवार

नयाँ सरकार गठनका लागि राजीनामा दिन प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

SHERE

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । कांग्रेस–एमाले नयाँ समीकरण बनेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका बेला नयाँ सत्ता समीकरणको मुख्य दल नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो आग्रह गरेको हो ।

नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ ।आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए । त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनले बताए ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न पनि कांग्रेसले आग्रह गरेको छ ।