२०८१ असार २२ , शुक्रवार

‘इट्स माइ शो’का आपत्तिजनक अंश हटाउन कान्तिपुर टिभीलाई प्रेस काउन्सिलको निर्देशन

OSIN

सुनाखरी न्युज/ काठमाडौं ।

कान्तिपुर टिभीको विवादास्पद ‘इट्स माइ शो’ का कतिपय अंश आपत्तिजनक भन्दै प्रेस काउन्सिल नेपालले त्यसलाई हटाउन निर्देशन दिएको छ । काउन्सिलले यो विषयमा बयानका लागि आज उक्त कार्यक्रम ओसिन सिटौलालाई कार्यालयमै बोलाएको थियो ।

झण्डै एक घण्टा सिटौलाले उक्त कार्यक्रमबारे विभिन्न तर्क गरेकी थिइन् ।उनले एक साता अघि उक्त शोमा नायिका स्वस्तिमा खड्का, सामाग्री राज्य लक्ष्मी शाह ल्याएकी थिइन ।

त्यहाँ सोधिएका प्रश्न र प्राप्त जवाफ अश्लील, आपत्तिजनक, गोपनीयताको हक विपरीत रहेको भन्दै प्रेस काउन्सिल कडा एक्सनमा उत्रिएको हो ।उनले काउन्सिलमा अन्य कलाकारको मानमर्दन भएमा माफी माग्ने र प्रेस काउन्सिलको सल्लाह र निर्णय मान्न तयार रहेको बताएकी थिइन ।

काउन्सिलले विवादास्पद र आपत्तिजनक हुने गरी कुनै पनि सामाग्री प्रसारण नगर्न कान्तिपुर टेलिभिजनलाई निर्देशन समेत दिएको काउन्सिलका एक सदस्यले बताए । यसअघि सिधाकुरा, नेपालआज, दैनिकी, फरकधारसहित ३ दर्जन सञ्चारमाध्यमलाई काउन्सिलले कारबाही गरिसकेको छ ।