२०८१ असार २२ , शुक्रवार

‘सतीदेवी’ को प्रदर्शन मिति परिवर्तन

SATI

सुनाखरी न्युज/ काठमाडौं ।

फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति परिवर्तन भएको छ । दिलासा सक्रिय प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको प्रदर्शन मिति साउन ४ बाट सरेर भदौ सातमा पुगेको हो । निर्माण युनिटले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन मितिको जानकारी दिएको हो ।

‘हामीले यो फिल्म साउन ४ गतेदेखि देशव्यापी प्रदर्शनमा ल्याउने तयारी गरिरहेको सर्वविदितै छ । केही प्राविधिक कारणले गर्दा हामीले उक्त मितिमा नभई पहिला झैँ कुनै फिल्म, निर्मातालाई असर नपर्ने गरी ‘सतीदेवी’ नयाँ मिति ७ भदौमा प्रदर्शन गर्ने निर्णय गरेका छौँ’, दिलासा क्रियसनले भनेको छ।’

लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ छोरीको कथामा बनेको हो । फिल्ममा अभिनेत्री मलिका महतको मुख्य भूमिका छ । मलिकाको अलवा फिल्ममा हर्षिका वली, मञ्जिला बानियाँ (बाल कलाकार), सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायत कलाकारको अभिनय छ ।