२०८१ असार २२ , शुक्रवार

सोह्रखुट्टे-बालाजु सडक भासिएर ह्वालह्वाल्ती निस्कियो पानी

FFRE

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ।बुधबार बिहान करिब साढे ६ बजेतिर सोह्रखुट्टे चोकबाट बालाजुतर्फ केही तल सासा नजिकै सडक बीच भागमा भासिएको हो।

सडक भासिएर बनेको खाल्डोमा एउटा मोटरसाइकल समेत डुबेको छ।मोटरसाइकलमा दुई जना सवार रहेको उनीहरू सकुशल बाहिर निस्किएका थिए। खाल्डोमा डुबेको मोटरसाइकललाई क्रेनबाट केहीबेरअघि निकालिएको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ।सडक भासिएर जमिनमुनीबाट पानी आइरहेको छ।

सोह्रखुट्टे क्षेत्रका नगर प्रहरीका अनुसार सडक मुनि रहेको मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर करिब ११ फिटको खाल्डो परेको बताए । उनका अनुसार मेलम्चीको ४२ इन्चको पाइप फुटेर सडकमा क्षति पुर्याएको हो । पानीको फोर्सले पिच सडक पनि भत्काएर आहालजस्तो बनेको छ ।