सुनाखरी न्युज/ काठमाडौं ।
६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।