२०८१ असार २३ , शनिवार

मुकुलले मुखमा टेप टाँसेकोबारे रास्वपाले बैठकमा छलफल गर्ने

intercom

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बुधबारको केन्द्रीय समिति बैठकमा मुखमा टेप टाँसेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी बैठकमा छलफल गर्ने भएको छ ।

रास्वपा नेताहरुका अनुसार ढकालले केन्द्रीय समिति बैठकमा आफूले समीक्षा प्रतिवेदन पेश गर्दा प्रत्यक्ष प्रशारण गर्नुपर्ने बताएका थिए । तर, बैठकका अधिकांश नेताहरुले प्रत्यक्ष प्रशारणप्रति असहमति जनाएपछि उनले अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै मुखमा टेप टाँसेर बसेका छन् ।

त्यसपछि उनले तयार गरेको समीक्षा प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकमा पेश गरेका थिए । पार्टीका एक पदाधिकारीका अनुसार ढकालले बुधबारको बैठकमा देखाएको व्यवहार अस्वभाविक थियो ।‘उहाँको व्यवहारले पार्टीलाई बल पुर्‍याएको छैन ।

केन्द्रीय समितिको बैठकपछि उहाँको व्यवहारका बारेमा छलफल हुन्छ’, रास्वपाका एक पदाधिकारी भन्छन्, ‘अनपेक्षित व्यवहारहरुलाई कसरी लिने पदाधिकारी बैठकमा छलफल गरेर निर्णय लिन्छौं ।’