२०८१ असार २३ , शनिवार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो,५ अर्ब ८ करोड रूपैयाँ नाघ्यो कारोबार

share

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार नेप्से परिसूचक ३.७९ अंकले बढेको छ।यसदिन नेप्से ०.१८ प्रतिशतले बढेर २१०४.२२ विन्दुमा बन्द भएको हो।बुधबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

मंगलबार चार अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७२० रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार पाँच अर्ब ८ करोड ३५ लाख २८ हजार ९३५ रूपैयाँको सेयर कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५१ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३१४ वटा धितोपत्रको एक करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर किनबेच भएको हो।बुधबार १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ वटाको घटेको छ। यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ।