२०८१ असार २३ , शनिवार

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

UML Sachibalaya

सुनाखरी न्युज/ काठमाडौं ।
एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेको मंगलबार बसेको सचिवालय बैठकले २४ घण्टाभित्र राजीनामा दिन आग्रह गरेको एमालेले बुधबार समर्थन फिर्ता लिएको हो ।

 

एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमाले सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री दाहालसमक्ष राजीनामा पत्र बुझाउने जानकारी दिए । ‘राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भएको सहमतिअनुसार त्यसका लागि मार्गप्रशस्त गर्न एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । प्रधानमन्त्रीलाई भेटेर आजै जानकारी गराउनुहुनेछ,’ प्रमुख सचेतक बर्तौलाले भने ।

 

एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित ८ जना मन्त्रिपरिषद्‌मा सहभागी छन् ।