सुनाखरी न्युज/ काठमाडौं ।
विश्वका धनाढ्यमध्ये एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहमा क्यानडाका चर्चित गायक जस्टिन बिबरले प्रस्तुति दिँदैछन्।अनन्त र राधिका मर्चेन्टको विवाह १२ जुलाईमा हुँदैछ।
५ जुलाईमा अनन्त र राधिकाको संगीत समारोह हुनेछ। जसमा जस्टिनले आफ्नो प्रस्तुति दिनेछन्। जस्टिन बाहेक बादशाह र करण औजलाले पनि सांगीतिक प्रस्तुति दिनेछन्।
आफ्नो प्रस्तुति दिन जस्टिन बिहीबार भारत आइसकेका छन्। यसको लागि उनले अम्बानी परिवारबाट महँगो पारिश्रमिक समेत लिएका छन्।भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार उनले ५० करोड भारू पारिश्रमिक लिने भएका छन्।