२०८१ पुष ८ , सोमवार

आजको मौसमः थप तीन दिन मनसुन सक्रिय हुने, ३० जिल्ला ‘रेड जोन’ मा

weather2

सुनाखरी न्युज/ काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ ।

मनसुन सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्ला उच्च जोखिममा राखेको हो । यसैगरी विभागले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३४ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको छ ।यसअघि विभागले असार १७ गतेदेखि २० गतेसम्मको अवधिमा ३४ जिल्लामा रेड अलर्ट जारी गरेको थियो ।

 

यसपटक ‘रेड जोन’मा परेका जिल्लाहरुमा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपारी पूर्व र मुस्ताङ छन् ।

यसैगरी लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पुर्व पनि रेड जोनमा परेका छन् ।

 

कर्णाली प्रदेशका जाजरकोट, दैलेख, रुकुम पश्चिम, कालिकोट, जुम्ला र हुम्लालाई पनि जल तथा मौसम विज्ञान विभागले रेड जोनमा राखेको छ ।

यसैगरी सुदूरपश्चिमका डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा जिल्ला ‘रेड जोन’मा छन् ।