२०८१ आश्विन ५ , शनिवार

‘कल्की’ बन्यो भारतमा यस वर्षकै सर्वाधिक कमाइ गर्ने फिल्म

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

एक साताअघि हलमा रिलिज भएको उनीहरु अभिनित फिल्म ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा सफलताको झण्डा गाडेको छ ।९५ करोड भारु ओपनिङ गरेको फिल्मको कमाइको गति बक्स अफिसमा रोकिने छाँटकाँट देखिएको छैन ।

अजय देवगणको ‘शैतान’ र ऋतिक रोशनको ‘फाइटर’ लाई समेत पछि पार्दै ‘कल्की’ले वर्किङ डेजमा समेत तीव्र कमाइ गरिरहेको छ । बुधबार २३ करोड कमाइ गरेको फिल्मले रिलिजको आठौं दिन बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।

फिल्मले विश्वभरबाट ७०० करोड भारु भन्दा बढी कमाइ गरिसकेको छ भने बिहीबार रिलिजको आठौं दिनमा भारतीय बक्स अफिसमा ४०० करोडको आँकडा पार गरेको छ ।

फिल्मले भारतमा ४१४ करोड भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।यससँगै ‘कल्की’ यस वर्ष सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ । प्रभास, दीपिका र अमिताभका साथै कमल हसनको मुख्य भूमिका रहेको छ।