२०८१ मंसिर १२ , बुधवार

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वास मत लिने

pm-Prachanda-Program-Geso-2-768×517

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते विश्वास मत लिने भएका छन्।प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन्।

‘प्रधानमन्त्रीज्यूले यही असार २८ गतेको संसद बैठकमा विश्वास मत लिने तयारी गर्नुभएको छ,’ प्रधानमन्त्री दाहालको सचिवालय स्रोतले भन्यो।एमालेका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भइसकेको छ।ती मन्त्रालय प्रधानमन्त्री दाहालले हेर्ने गरी जिम्मेवारी तोकिएको छ।

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ समीकरण बनाउँदै सरकार र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो।अल्पमतमा परेका प्रधानमन्त्री दाहालले भने आफूले संसद फेस गर्ने बताइरहेका छन्।