२०८१ असार २५ , सोमवार

एक्सप्रेस–टीको बालकुमारी स्थित सर्भिस सेन्टर १५ घण्टा खुल्ला हुने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘एक्सप्रेस–टी’ विद्युतिय ट्याक्सीको बालकुमारी स्थित सर्भिस सेन्टर अब बिहान ६ः३० बजेदेखी ९ः३० बजेसम्म खुल्ला रहनेछ । यसअघि सर्भिस सेन्टर ९ः३० बजेदेखी ५ः३० बजेसम्म खुल्ला हुने गरेको थियो । ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी सर्भिस सेन्टरमा कार्यको समय अवधि थप गरिएको कम्पनीले जनाए ।

एक्सप्रेस–टी विद्युतिय ट्याक्सीको सर्भिसिङ्ग तथा चार्जिङ्ग सुविधाहरु सहितको यस सर्भिस सेन्टरमा थप कार्य समय मार्फत ग्राहक सेवालाई परिस्कृत पारिएको कम्पनीले जनाएको छ । बालकुमारी एक्सप्रेस टीको लागि ३क् शो–रुम हो । यँहाबाट एक्सप्रेस–टीको लागि सेल्स, स्पेयर र सर्भिस गरेर सबै सुबिधाहरु उपलब्ध रहेको छ ।

‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी विभिन्न कारणले ग्राहक, यात्रु तथा संचालक हरुले मन पराएका छन् । नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेसले गर्दा पनि यो विद्युतीय गाडी रोजाईमा परेको हो । ‘एक्सप्रेस–टी’ मा १ वर्षको गाडीको बिमा, ३ वर्ष सम्मको निःशुल्क सर्भिसिंग, साथै १६०,००० कि मि सम्मको ब्याट्री र मोटरमा वारेन्टीको सुविधाहरु रहेको छ ।

बालकुमारीको साथै भक्तपुर, गोंगबु, कपनमा पनि ‘एक्सप्रेस–टी’ को लागि फास्ट चार्जरको व्यवस्था रहेको छ । र छिट्टै खाँडीचौर र कटारीमा पनि ट्याक्सीको लागि फास्ट चार्जर राख्ने प्रक्रिया सुरु भइसकेको कम्पनीले जनाए ।