२०८१ आश्विन १९ , शनिवार

आजको मौसमः काठमाडौंमा भारी बर्षा, उर्लिए बागमती र विष्णुमती

Weather

सुनाखरी न्युज/ काठमाडौं ।

देशभर मनसुनी वायुको प्रभावले बदली रही वर्षा भइरहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ । यी प्रदेश भएर बहने नदीहरूमा जल सतह बढ्नुको साथै विभिन्न स्थानमा पहिरो जाँदा सडकहरू अवरुद्ध भएका छन् ।

शुक्रवार रातिदेखि परेको पानीका कारण काठमाडौँका मुख्य नदीहरूको बहाव बढेको छ । बागमती र विष्णुमती नदीको जल सतह बढेको छ ।

आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । फलतः नदी आसपासका बस्तीमा विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।