२०८१ आश्विन ५ , शनिवार

स्टार बन्ने सपना बोकेर काठमाडौँ आएकी “सुन्दरी”

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिक थापाको शब्द, संगीत र स्वरमा “सुन्दरी” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा ठुलो सपना बोकेर काठमाडौँ प्रवेश गरेकी एक महिला र उसको गाउँको साथी बीचको प्रेम सम्बन्धलाई स्थापित गरिएको छ ।

आफ्नो ठुलो उद्देश्य पूरा गरेर नयाँ जीवनमा प्रवेश गर्न कसरी पुरानो कुराहरूलाई बिर्सने गरिन्छ भनेर यस गीतमा प्रस्तुत गरिएको छ । “सुन्दरी” भनेर दिया पोखरेललाई सम्बोधन गरिएको भिडियोमा सन्दीप बाबु लोहनी गाइनेको भूमिकामा देखा परेका छन् ।गीतको छायाँकन उमङ्ग शाहीले गरेका हुन् भने यसमा बलराम बुढाथोकीको सम्पादन रहेको छ ।

भिडियोमा प्रकृती बस्नेतको पब्लिसिटी डिजाइन, अनिल नेपालको सहायक निर्देशन र दिवस महर्जनको कला निर्देशन देख्न सकिन्छ । त्यसैगरि निराजन बस्नेतको मोसन ग्राफिक्स र रबिन कार्कीको सहायक छायाँकन देख्न सकिनेछ । भिडियोको निर्देशन मन्दिप गौतमले गरेका हुन् ।

भिडियो: https://www.youtube.com/watch?v=7RGZlpjCZDE&ab_channel=MixRoomStudios