सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधि सभा बैठकमा नेकपा एमाले प्रतिपक्षको सिटमा बसेको छ । गत असार १७ गतेदेखि नेपाली कांग्रेससँग सत्ता गठबन्धन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको एमाले आइतबार बसेको प्रतिनिधि सभा प्रतिपक्षी दलको बेन्चमा बसेको हो ।
एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। अशोक राई नेतृत्वको जसपाका प्रतिनिधि सभामा ७ जना सांसद छन्।
प्रधानमन्त्री प्रचण्डको सरकार अल्पमतमा परे पनि उनले विश्वासको मत लिने तयारी गरेका छन्। यही असार २८ गते उनले विश्वासको मत लिने तयारी गरेका छन्।