२०८१ आश्विन ५ , शनिवार

‘माइली’बाट अभिनयमा डेब्यु गर्दै गायिका कमला घिमिरे

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गायिका कमला घिमिरे पछिल्लो समय ‘लाइभ दोहोरी’बाट एकाएक चर्चामा आइन् । गायनपछि अब उनले फिल्म अभिनयको थालनी गर्दैछन् । बाबु बलामीले निर्देशन गर्न लागेको आगामी फिल्म ‘माइली’मा उनी अनुबन्धित भएकी छन् ।

डेब्यु फिल्ममा उनको भूमिका खुलाइएको छैन । संगीतमा जस्तै फिल्ममा पनि दर्शकले आफूलाई साथ दिने आशा उनले व्यक्त गरिन् ।निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ?

उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।

असार अन्त्यदेखि छायांकन सुरु हुने जनाइएको छ । यसअघि यो फिल्ममा प्रियंका कार्की र करिश्मा मानन्धर पनि अनुबन्धित भैसकेका छन् ।