२०८१ आश्विन ५ , शनिवार

टाइटानिकका निर्माता जोन लान्डाउको निधन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘अवतार’का दुवै श्रृंखला र ‘टाइटानिक’ जस्ता विश्वचर्चित ब्लकबस्टर फिल्मका निर्माता जोन लान्डाउको निधन भएको छ । भेराइटीका अनुसार ओस्कार अवार्ड विजेता निर्माता लान्डाउको ६३ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको हो ।

उनले निर्माण गरेको पहिलो फिल्म ‘टाइटानिक’ले विश्व बक्स अफिसमा पहिलोपटक एक बिलियन डलर कमाउँदै इतिहास रचेको थियो । सन् २००९ को ‘अवतार’ र सन् २०२२ को ‘अवतार : द वे अफ वाटर’ले उनको अघिल्लो फिल्म ‘टाइटानिक’को व्यावसायिक कीर्तिमान तोडेका थिए ।

निधन हुनुअघि लान्डाउ ‘अवतार’का आगामी श्रृंखलाको निर्माणमा संलग्न थिए । निर्देशक क्यामरुनले आफ्नो यो ब्लकबस्टर साइन्स–फिक्सन श्रृंखलालाई पाँच भागमा रिलिज गर्दैछन् । सन् २०३१ सम्म यी सबै श्रृंखला रिलिज भइसक्ने अनुमान छ ।उनको जन्म ३० जुलाई १९६० मा न्युयोर्कमा भएको थियो ।