सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वास मत दिने भएको छ।यही असार २८ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्रीले राखेको विश्वास मत प्रस्तावको पक्षमा मत दिने एकीकृत समाजवादीको तयारी छ।आइतबार बसेको केन्द्रीय कमिटी बैठकपछि नेता जगन्नाथ खतिवडाले अहिलेको सरकारलाई विश्वास मत दिने बताए।
यसअघि गत शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेपछि अध्यक्ष माधवकुमार नेपालले पनि सरकारलाई विश्वास मत दिने बताएका थिए।प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्।