२०८१ पुष ११ , बिहिवार

कोपा अमेरिका: ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा अब उरुग्वेले कोलम्बियाको सामना गर्नेछ । अर्को सेमिफाइनल खेल भने अर्जेन्टिना र क्यानडाबीच हुनेछ ।

निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल नभएपछि उरुग्वेले ब्राजिललाई पेनाल्टीमा ४-२ ले हराएको हो । ब्राजिलका इडेल मिलिटाओको प्रहार उरुग्वेका गोलरक्षक सर्जियो रोचेतले बचाएका थिए ।

त्यस्तै डि पाउलो डग्लासको प्रहार भने गोलपोस्टमा लागेको थियो ।