एलओडी क्लबसहित रात्रिकालीन क्लब, डान्सबार तथा दोहोरी साँझबाट मनोरञ्जन कर असुल्न काठमाडौं महानगरपालिकाले ताकेता गरेको छ । कर बुझाउन नआएपछि महानगरपालिकाले मंगलाबर सूचनामार्फत ३५ दिनभित्र कर बुझाउन आउन आग्रह गरेको हो ।
महानगरले यसअघि रात्रिकालीन क्बल, डान्सबार, दोहोरी साँझलाई कर तिर्न पत्राचार गरेको थियो । तोकिएको अवधिमा कर दाखिला नगरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।
अन्यथा आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही हुने सूचनामार्फत स्पष्ट गरिएको छ । ४४ डान्सबार, दोहोरी र क्लबको नाममा ३५ दिने सूचना जारी गरेको छ ।