२०८१ मंसिर ७ , शुक्रवार

काठमाडौं महानगरले १३ ब्रान्डका खाने तेल परीक्षण गर्दा ४ गुणस्तरहीन

vegetable-oil-1513237063

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ महानगरपालिकाभित्र गुणस्तरहीन खाने तेल बिक्री हुने गरेको पाइएको छ । महानगरले गरेको केही ब्रान्डका खाने तेलको नमुना परीक्षणमा यस्तो पाइएको हो ।महानगरका अनुसार १३ ब्रान्डको नमुना परीक्षण गर्दा ४ वटा ब्रान्डमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको छ । महानगरका अनुसार पक्वान, अमृत, फेमिली र क्वालिटी ब्रान्डको खानेतेलमा अखाद्य वस्तु फेला परेको हो ।

यस्तै २०८० कार्तिकमा उत्पादन भएको अमृत ब्राण्डको व्याचरलट नं। ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी व्राण्डको व्याचरलट नं। ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएको हो । यी उत्पादनहरु क्रमशः अन्नपूर्ण भेजिटेवल प्रोडक्ट प्रा। लि।, वीरगञ्ज पर्सा र क्वालिटी आयल रिफाइनरी प्रा। लि।, कटहरी विराटनगरका हुन् । २०८० कात्तिकमा उत्पादन भएको अमृत ब्रान्डको ब्याचरलट नम्बर ११ को रिफाइन सोयाबिन तेल पनि गुणस्तरयुक्त नभएको महानगरले जनाएको छ ।

अमृत ब्रान्डको तेल अन्नपूर्ण भेजिटेबल प्रोडक्ट प्रालिले उत्पादन गर्छ । यसैगरी शिवशक्ति घिउ उद्योग जीतपुरले आयातित तोरीबाट २०८० साल माघमा उत्पादन गरेको फेमिली ब्रान्डको तोरीको तेलमा पेरोक्साइड भ्यालु मापदण्ड अनुसार नरहेको पाइएको कृषि विभागले जनाएको छ । नमुना परीक्षणका लागि ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएकोमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि कारबाही गरिएको महानगरपालिकाले जनाएको छ । यसरी मापदण्ड विपरीत तेल उत्पादन गर्ने ब्रान्डहरू हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना गराइएको बताइएको छ ।