२०८१ मंसिर ९ , आइतवार

यस्ता छन् हरेक दिन पिस्ता खानुका चार फाइदा

pitcho

सुनाखरी न्युज/ काठमाडौं ।

पिस्ता एक प्राकृतिक फल हो । सबै खाले ड्राई फ्रुट्स स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् ।पेस्ताको स्वाद मन नपराउने हामीमध्ये थोरै मात्र होलान्, ठूला- साना सबै होटलका सेफहरु समेत पिस्ताको बखान गर्छन् । हरियो सागपातमा जस्तै पिस्तामा पनि प्रोटिनको मात्रा लुकेको हुन्छ । र, यसको सेवन साकाहारी तथा मांसाहारी दुबैथरीका मानिसका लागि लाभदायक नै मानिन्छ ।

किनकि यसको प्रयोग माछामासुको सट्टामा समेत गर्न सकिन्छ ।कुरा सुरु गरौँ पिस्तामा पाइने पोषक तत्त्वहरूबाट । पिस्तामा क्यालोरी, कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, पोटासियम, फस्फोरस, भिटामिन बी६, थायमिन, कपर, म्याङ्गनीज पाइन्छ । पिस्ता प्रचुर मात्रमा भिटामिन बी ६ पाइने ड्राई फ्रुट्समा पर्दछ ।

अब कुरा गरौँ पिस्ता सेवनका फाइदाबारे

-शरीरमा प्रोटिनको कमी भएका व्यक्तिले यो ड्राई फ्रुट खानुपर्छ । यसले प्रोटिनको कमीलाई हटाउन मद्दत गर्दछ । पिस्तामा प्रोटिन र फाइबरको मात्रा धेरै हुने भएकाले यसले पेट लामो समयसम्म अघाएको महसुस गराउँछ । जसले गर्दा धेरै खानेकुरा खानबाट बचिन्छ । यसले तौल घटाउन मद्दत गर्छ ।

-पिस्तामा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ, जुन आँखाको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यस तत्वले तपाईलाई जवान राख्न  समेत मद्दत गर्छ । यसले छालामा चाउरी पर्ने गतिलाई कम गर्छ र छिटो बूढो हुनबाट जोगाउँछ ।

– पिस्ता कपाल झर्नबाट बचाउनका लागि पनि निकै फाइदाजनक हुन्छ । कपालका लागि यसलाई नियमित सेवन गर्न सकिन्य, या       पिँधेर पेस्ट बनाएर कपालमा लगाउन सकिन्छ ।

– घामको किरणको असरबाट बच्न पनि पिस्ताको प्रयोग निकै उपयोगी हुन्छ । यसलाई चारोलीको साथमा दूधमा पिसेर पेस्ट   बनाउनुहोस् र प्याकको रूपमा लगाउनुहोस् । नियमित रूपमा यसो गर्नाले छालाको रङ गोरो हुन थाल्छ ।