सुनाखरी न्युज/ काठमाडौं ।
विराटनगरमा छुरा प्रहार गरि एक युवकको हत्या भएको छ । घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका – २ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए ।घाइतेमध्ये कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् ।
घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नको खोजी भइरहेको छ । घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।