२०८१ मंसिर १२ , बुधवार

मुकुललाई साधारण सदस्य पनि नरहने गरी कारबाहीको तयारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।

अनुशासन आयोगले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेपछि केन्द्रीय समितिको बैठकमा अहिले सोही विषयमा छलफल जारी छ ।रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो ।

रास्वपाका एक नेताका अनुसार आयोगको सिफारिसमाथि छलफल गरेर केन्द्रीय समितिले आवश्यक निर्णय लिनेछ ।