२०८१ मंसिर १० , सोमवार

मोदीको अनुरोधपछि युक्रेनविरूद्ध लडिरहेका भारतीयलाई रिहा गर्न रूस सहमत

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

दुई दिने भ्रमणका लागि मोदी सोमबार रुस पुगेका थिए ।दुई दिने औपचारिक भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले रूसमा छन्। सोमबार साँझ भएको रात्रीभोजमा पुटिन र मोदीबीच वार्ता भएको थियो।

पुटिनसँग भएको भेटवार्तामा मोदीले रुसी सेनामा भर्ती भएका भारतीय नागरिकको सुरक्षाबारे छलफल गरेका थिए । सो क्रममा पुटिनले रुसी सेनामा रहेका भारतीय नागरिकलाई फर्काउन सहमति जनाएको र त्यो काममा सहजीकरण गर्ने बताएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ ।

हालै भारतीय विदेश मन्त्रालयले रुसी सेनामा कार्यरत चार भारतीय नागरिकको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो । रुसी सेनामा दुई दर्जन बढी भारतीय नागरिक भर्ती भएको अनुमान छ । १० जना भारतीय नागरिक भने फर्किएका थिए ।

सोमबार मात्रै रूसले युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा मिसाइल आक्रमण गरेको छ। उक्त आक्रमणबाट कम्तिमा ४१ जनाले ज्यान गुमाएका छन्।