सुनाखरी न्युज/ काठमाडौं ।
माइक्रोसफ्टले चीनमा रहेका आफ्ना कर्मचारीहरूलाई आइफोन प्रयोग गर्न निर्देशन दिएको छ।अमेरिकी बहुराष्ट्रिय कर्पोरेसन एवम् प्रविधि कम्पनी माइक्रोसफ्टले साइबर सुरक्षाको एक उपाय बताउँदै सबै कर्मचारीलाई अनिवार्य एप्पलको उपकरण प्रयोग गर्न निर्देशन दिएको हो।
यसलाई कम्पनीले आफ्नो ‘ग्लोबल सेक्योर फ्युचर इनिसिएसन’को एक हिस्सा समेत बताएको छ।कर्मचारीहरूले आगामी सेप्टेम्बरबाट काममा आफ्नो आइडी भेरिफिकेसनको लागि एप्पलको उपकरण प्रयोग गर्नुपर्ने बताए।
कुनै पनि एन्ड्रोइड स्मार्टफोन वा अन्य उपकरण चलाउन निषेध गरिएको छ।माइक्रोसफ्टले हाल एन्ड्रोइड फोन प्रयोग गरिरहेका कर्मचारीहरूलाई आइफोन १५ उपलब्ध गराउने बताएको छ। एजेन्सी