२०८१ माघ ३ , बिहिवार

रास्वपाले मुकुललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटायो,पुनरावेदनका लागि दियो ३५ दिनको समय

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।रास्वपाका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिइन् ।उनका अनुसार पार्टी विधानको धारा ५७ बमोजिम आफूमाथिको कारबाही चित्त नबुझेमा ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा ढकालले पुनरावेदनका लागि निवेदन दिन सक्ने छन् ।