२०८१ कार्तिक ३० , शुक्रवार

विराटको पब वान८ विरुद्ध एफआईआर दर्ता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बैंगलुरुस्थित विराट कोहलीको पबमा राति अबेरसम्म चर्को स्वरमा संगीत बजाएको भन्दै एफआईआर दर्ता भएको छ । विराटको वान८ कम्युन पब एमजी रोडमा अवस्थित छ।शनिबार (जुलाई ६) को राति कब्बन पार्क प्रहरी चौकीको टोली गस्तीमा निस्किएको डीजीपी सेन्ट्रलले बताए ।

बिहान १:३० बजेसम्म वान८ खुला रहेको भेटियो । बेंगलुरुमा पबहरू बिहान १ बजेसम्म मात्र खोल्न अनुमति दिइन्छ। त्यसैले पबविरुद्ध कारबाही गरियो। वान८ बाहेक ३–४ अन्य पब विरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

विराट कोहलीको वान८ कम्युनको दिल्ली, मुम्बई, पुणे र कोलकातामा पनि शाखाहरू छन्। बैंगलुरु शाखा डिसेम्बर २०२३ मा खोलिएको थियो । यो रत्नम कम्प्लेक्सको छैटौँ तलामा अवस्थित छ। विराटले एक अन्तर्वार्तामा बैंगलुरु उनको मनपर्ने सहर हो र त्यसैले उनले शाखाको लागि बैंगलुरु रोजेको बताएका थिए ।

गत वर्ष वान८ को मुम्बई शाखा विवादमा परेको थियो । तमिलनाडुका एक व्यक्तिले आफूलाई धोती लगाएको कारण पबमा प्रवेश दिन अस्वीकार गरेको आरोप लगाएका थिए । एक्स पोस्टमा उनले पब व्यवस्थापनको यस्तो व्यवहारबाट आफू निकै दुखी भएको बताएका थिए ।