सुनाखरी न्युज/ काठमाडौं ।
सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ।सिंहदरबारमा मंगलबार बसेको बैठकले बुधबार (भोलि) पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको छ।
समितिका सभापति सूर्य थापाका अनुसार संघर्ष समिति र व्यक्तिगत पनि प्रतिनिधिमूलक रूपमा बोलाइएको छ । पीडितहरूको गुनासो सुन्न भोलिको बैठकमा सञ्चारकर्मीहरूलाई समेत प्रवेश दिइने उनले बताए ।