२०८१ मंसिर १२ , बुधवार

अवको ‘मौद्रिक नीति अहिलेको समस्या समाधान गर्ने हुनुपर्छः निजी क्षेत्र

chandra-dhakal_anjan-shrestha_sunil-kc

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी मौद्रिक नीति र व्यवसायी दुवै जोगाउन सञ्जीवनीका रूपमा ल्याउनुपर्ने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति अगाडिको महासंघले मंगलबार आयोजना गरेको अन्तर्क्रियामा ढकालले वित्त नीतिबाट केही माग सम्बोधन भए पनि निजी क्षेत्र जोगाउने अवस्था नभएको बताए ।

 

उनले उत्पादनमूलक उद्योगको क्षमता बढाउन ऋणको ब्याजदर व्यापारभन्दा कम गर्न माग गरे । उनले पर्यटनमा सहज र सुलभ कर्जाको व्यवस्था हुनुपर्ने बताए ।

 

बजारमा माग सिर्जना गर्न साना बजार र गाउँमा बैंकहरूले साना–साना कर्जा पुर्‍याउने नीति ल्याउनुपर्ने उनले बताए ।

 

त्यसैगरी महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पनि व्यवसायीले सुधार गर्न सक्ने गरिसकेको भन्दै अब चालुपूँजी कर्जा मार्गदर्शन सहज बनाउन गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरे ।

निजी क्षेत्रमा आर्थिक संकुचनले वार्षिक कारोबार घटेका कारण चालुपूँजी मार्गदशर्न कर्जा सीमाले व्यवसायीलाई थप दबाब दिँँदै लगेको उनले बताए ।

श्रेष्ठले उद्योग स्थापना गर्दा हुने लगानीमा ऋण र त्यसको ब्याज पूँजीकरण गर्न पाउने व्यवस्था गर्न माग गरे ।

 

त्यस्तै नेपाल बैंकर्स संघ अध्यक्ष सुनिल केसीले बैंकिङ र निजी क्षेत्र सँगसँगै जानुपर्ने बताए । निजी क्षेत्रको ‘ग्रोथ’ होस् भन्ने चाहना बैंकिङ क्षेत्रको रहेको र निजी क्षेत्र राम्रो भयो भने बैकिङ क्षेत्र अगाडि बढ्ने उनले बताए ।