२०८१ पुष ८ , सोमवार

लाइसेन्स निलम्बनपछि पतञ्जलीले रोक्यो १४ उत्पादनको बिक्री

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले १४ वटा उत्पादनको बिक्री वितरण रोकिएको स्पष्ट पारेको छ । मंगलबार भारतीय सर्वोच्च अदालतमा यसबारे भएको वहसका क्रममा पतञ्जलीले स्टोरहरुमा रहेका यी १४ उत्पादन फिर्ता समेत मगाइएको जानकारी गराएको छ ।

न्यायधिश हिमा कोहली र सन्दीप मेहताको इजलासमा पतञ्जलीले ५ हजार ६०६ फ्रेन्चाइज स्टोरलाई यी १४ उत्पादन फिर्ता लिन निर्देशन दिएको स्पष्ट पारेको हो । त्यस्तै विभिन्न मिडिया तथा डिजिटल प्लेटफर्ममा यी १४ उत्पादको विज्ञापन फिर्ता लिन भनिएको पतञ्जलीले जनाएको छ ।
विज्ञापन फिर्ता भएको सुनिश्चितता पत्र दुई साताभित्र पेश गर्न पतञ्जलीलाई निर्देशन दिएको छ । सो इजलासले मुद्दाको अर्को सुनुवाइ जुलाई ३० का लागि तोकेको छ ।यसअघि अप्रिलमा उत्तराखण्ड राज्यको लाइसेन्सिङ प्राधिकरणले १४ उत्पादनको लाइसेन्स निलम्बन गरेको थियो ।  एजेन्सी