सुनाखरी न्युज/ काठमाडौं ।
सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरूसँग छलफल गरेको छ।सहकारीका पीडितहरुसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने सिंहदरबारमा मंगलबार बसेको समितिको बैठक निर्णयअनुसार बुधबार छलफल भएको हो।
समितिमा पीडितका प्रतिनिधिहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल भइरहेको छ। २९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमूलक पीडितहरुलाई छलफलमा बोलाइएको छ।
विभिन्न संघर्ष समितिका रुपमा, व्यक्तिगत रुपमा अनेक हिसावले सहकारीबाट पीडित रहेका पीडितहरुको कुरा सुन्ने खोजिएको समितिले जनाएको छ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी बचत ठगी प्रकरणमा संलग्न रहेको भन्दै नेपाली कांग्रेसले सदनमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो।