२०८१ आश्विन ५ , शनिवार

चर्चित कमेडियन सन्दीप क्षेत्रीले ‘लाफ्टर फर लाइफ ‘ कार्यक्रम गर्दै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चर्चित कमेडियन सन्दीप क्षेत्रीले फरक खालको कार्यक्रम गर्दैछन्। ‘लाफ्टर फर लाइफ विथ सन्दीप क्षेत्री’ नामक कार्यक्रममा उनले फरक प्रारूपमा दर्शक हँसाउन लागेका हुन्।

यो कार्यक्रम ललितपुरको झम्सिखेलमा अवस्थित मोक्ष बारमा महिनैपिच्छे हुन लागेको हो। जसको सुरूआत यही शुक्रबारदेखि हुँदैछ।बेलुका ६ बजेदेखि सुरू हुने कार्यक्रममा सन्दीप ह्याप्पी ब्याण्डका साथ प्रस्तुत हुनेछन्।

उनले आमन्त्रित पेशा व्यवसायका व्यक्तिसँग सम्बन्धित हाँस्य सामग्री पस्किनेछन्। एउटै पेशा व्यवसायमा आवद्ध व्यक्तिलाई एकै ठाउँमा राखेर उनीहरूसँग सम्बन्धित सामग्री पस्किँदा बढी प्रभावकारी हुने विश्वास उनले लिएका छन्।