२०८१ आश्विन ५ , शनिवार

कोपा अमेरिकाको समापन समारोहमा शाकिराले प्रस्तुति दिदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

विश्वचर्चित कोलम्बियन पपस्टार शाकिरा पुनः जादू छर्न तयार छिन् ।सन् २०२४ को कोपा अमेरिकाको समापन समारोहमा दर्शकले उनको गायकी देख्न पाउनेछन् ।

‘शाकिरा एक असाधारण दक्षिण अमेरिकी स्टार हुन्, जसले सारा संसारलाई चकित पारेकी छन्,’ कनमेबोलका अध्यक्ष अलेजान्ड्रो डोमिङ्ग्वेजले भनेका छन्, ‘उनका गीत ग्रहका सबै कुनामा गाइन्छ र नाचिन्छन् ।

४७ वर्षीया गायिका र गीतकारले सन् २०१० मा दक्षिण अफ्रिका र २००६ मा जर्मनीमा भएको विश्वकपका लागि थिम गीतहरू उपलब्ध गराएकी थिइन् । चार वर्षपछि उनको आकर्षक गीत ‘वाका वाका दिस टाइम फर अफ्रिका’सन् २०१० को विश्वकपको गान बन्यो । उनले ब्राजिलमा सम्पन्न सन् २०१४ को विश्वकपको गीत ‘ला ला ला’पनि लेखिन् र गाइन् ।

कोपा अमेरिकाको फाइनल अमेरिकी समयानुसार नेपाली समयानुसार आगामी सोमबार बिहान पौने ६ बजे हुनेछ । फ्लोरिडाको मियामीस्थित हार्ड रक रंगशालामा हुने फाइनलमा ५४ हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।