२०८१ मंसिर १२ , बुधवार

चाँदीको गहनजा र तिलहरी बनाउने तालिम सम्पन्न

llllllllllllll

सुनाखरी न्युज/ काठमाडौं ।
ललितपुर महानगरपालिकाको सहयोग र ललितपुस सुनचाादी ब्यवसायी संघको समन्वयमा चाँदीको गहना र तिलहरी बनाउने एडभान्स तालिम सम्पन्न भएको छ । २०८१ असार २६ गते बुधबकार बिहान ललितपुर महानगर पालिकाका नगर उप प्रमुख मञ्जली शाक्य ब्रजाचार्यको  प्रमुख आथित्यतामा ललितपुर सुनचांदी व्यवसायी संघको आयोजनामा र ललितपुर महानगर पालिकाको पर्यटन तथा सहकारी समितिको आर्थिक सहकार्यमा महानगर पालिकाको हस्तकलालाई प्रर्वद्वन तथा सीप हस्तान्तरणमा व्यवसायीकर्मीलाई थप सीप निखार्नका लागि तिलहरी तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरियो ।

उक्त तालिम १ महिना संचालन भई नपुग भई थप २० दिन उन्नत तालिममा सहभागीलाई व्यवसायमा निपुर्णको कामना समेत उप प्रमुखले दिनु भएको थियो ।

त्यसक्रममा ललितपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष सुविन बज्राचार्य, संघका पुर्व अध्यक्ष एवं नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव किरणभाई बज्राचार्य लगायको उपस्थिति रहेको थियो ।