२०८१ मंसिर ७ , शुक्रवार

पुरानो इन्जिनलाई नयाँ बनाउने सजिलो प्रविधि नानो सेरामिक कोटिङ्ग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आजभोली सवारीसाधन नहुने व्यक्ति कमै हुन्छन् । सवारीसाधन भएपछि त्यसको नियमित सर्भिस तथा भैपरी आउने मर्मत सम्भार पनि गर्नै पर्यो । त्यसका अलावा पुरानो हुँदै गएपछि इन्जिनको पनि मर्मत गर्नुपर्ने  हुन्छ  ।इन्जिन नै मर्मत गर्नुपर्यो भने थुप्रो रकम खर्च हुनजान्छ तर पुरानो भएको इन्जिनलाई नयाँ बनाउने सजिलो कोरियन प्रविधि नानो सेरामिक कोटिङ्ग नेपालमा भित्रिसकेको छ ।सवारीचालक वा सवारीधनीहरुले आजभोली यसको व्यापक प्रयोग गर्न थालेका छन् ।सवारीसाधन पुरानो हुँदै गएपछि धुवाँ फाल्ने, मोविल खाने, पिकअप कमजोर हुने, माइलेज कम दिने जस्ता समस्या देखा पर्दछ ।

त्यो समस्या देखा पर्नु भनेको इन्जिनमा हुने रिङ्ग पिस्टन तथा ब्लक बोर खिइनु हो ।त्यसरी खिइदाँ हुने ग्यापबाट मोविल धुवाँको रुपमा बाहिर निस्कन्छ र सवारीसाधनमा उल्लेखित समस्याहरु सिर्जना हुन जान्छ ।जसलाई निराकरण गर्नका लागि इन्जिन नै खोल्नुपर्ने हुन जान्छ ।तर नानो इनर्जाइजरले इन्जिन नखोलिकन नै त्यस्तो खालको ग्यापलाई सेरामिक कोटिङ्गको माध्यमबाट पुरिदिन्छ र समस्या समाधान गरिदिने कम्पनीको दाबी छ ।नानो इनर्जाइजर एक किसिमको झोल पदार्थ हो । यो जब इन्जिन भित्र हालिन्छ, यसले ताप पाइसकेपछि ठोस रुपमा स्टिलको रुप लिन्छ ।

जुन इन्जिन भित्र खिइएर बनेको ग्यापमा गएर बस्छ । जसको कारणले इन्जिन नयाँ जस्तै हुन पुग्छ ।अर्को कुरा, सवारीचालक वा सवारीधनीहरु प्रायः व्यस्त हुन्छन् इन्जिन खोलेर बनाउँदा केहि दिन सवारीसाधन वर्कशप मै छोड्नुपर्ने हुन सक्छ ।तर नानो इनर्जाइजर हाल्नको लागि ५ मिनेट पनि लाग्दैन, नानो हाल्ने वित्तिकै सवारीसाधन कुदाउन मिल्छ, इन्जिन खोल्न पनि पर्दैन ।इन्जिनको क्याप खोलेर त्यसै मार्फत सिधै मोविल हाल्ने ठाउँ मै खन्याउने हो ।यसको एकपटकको प्रयोगले सवारीसाधनलाई करिब २० हजार देखि ३० हजार किलोमिटरसम्म काम गर्दछ ।ट्याक्सी नं. बा १ ञ १००९ का सवारीधनी हरिबहादुर अधिकारीले यसको प्रयोग चौथो पटक गरेका छन् ।आफ्नो ट्याक्सीको इन्जिनमा समस्या आएपछि मर्मतका लागि तयार भएपनि नानो इनर्जाइजर हालेपछि इन्जिन ठिक भएको उनले बताए ।ललितपुरका राजन श्रेष्ठले आफ्नो पुरानो पल्सर मोटरसाइकलमा नानोको प्रयोग गरेका छन् ।उनको भनाइ अनुसार नानोको प्रयोग गरेपछि इन्जिन सम्बन्धि समस्या समाधान भएको छ ।अहिले उनको मोटरसाइकलले राम्रो पिकअप दिनुका साथै माइलेजमा पनि वृद्धि भएको उनले बताए ।

समस्या भएका पुराना सवारीसाधन मात्रै नभएर नयाँ सवारीसाधनमा प्रयोग गर्दा पनि नानो इनर्जाइजरले राम्रै फाइदा दिने गर्दछ ।नानो इनर्जाइजर प्रयोग गरेपछि सवारीसाधनले करिब ८ देखि २१ प्रतिसत सम्म इन्धनको वचत गर्छ । त्यसैगरी सवारीसाधनको पावरमा १०-३०
प्रतिसत सम्म वृद्धि गर्दछ ।यसको प्रयोगले सवारीसाधनमा आउने भाइवे्रसनमा पनि कमि ल्याउँदछ भने इन्जिन अधिक तात्नमा पनि कमि आउछ । सवारीसाधन चलाउँदा एकदम स्मुथसँग चल्छ ।नानो इनर्जाइजरलाई विश्वका ख्यातिप्राप्त कार कम्पनीहरुले सर्टिफाइड नै गरेका छन् ।टोयोटा, होण्डा, मर्सिडिज बेन्ज, किया, अउडि, ह्युन्डाई, मारुतीसुजुकी लगायतका चर्चित ब्राण्डहरुले नानो इनर्जाइजरलाई आ-आफ्नो सवारीसाधनमा टेष्ट गरेर प्रमाणित प्रडक्टको रुपमा भेरिफाइड गरिसकेको हुनाले पनि बजारमा यसको माग बढेको कम्पनीले जनाए ।