२०८१ आश्विन ५ , शनिवार

‘गुन्युचोलो’मा नाजिरको पारालैंगिक लुक्सको पोस्टर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको फिल्म ‘गुन्युचोलो’को प्रदर्शन मिति तय भएको छ । निर्माता कम्पनी द स्काइ ओसन इन्टरटेनमेन्ट र भिजन इन्टरटेनमेन्टले बिहीबार पोस्टर सार्वजनिक गर्दै कात्तिक ९ गते फिल्म आउने जनाएका हुन् ।

पोस्टरमा अभिनेता नाजिर हुसेनको ‘क्यारेक्टर लुक्स’ देख्न सकिन्छ । उनलाई ट्रान्सवुमन पात्र ‘गुलाबी’को रुपमा चिनाइएको छ । फिल्मको अंग्रेजी नाम ‘कमिङ अफ एज अफ अ गर्ल’ हो ।पोस्टरमा नाजिरको चरित्र रुपान्तरण आकर्षक देखिन्छ । पहेंलो पहिरनमा देखिएको नाजिरको पात्रले एकातिर नक्कली कपाल र अर्को हातमा हिल्स बोकेको छ ।

फिल्ममा अभिनेत्री सञ्चिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ । फिल्मको पोस्ट प्रोडक्सन अमेरिकामा गरिएको हो ।हलिउडकी भ्वाइस एक्टर लिजा जेरार्डले पनि यसमा स्वर दिएको बताइएको छ ।