२०८१ मंसिर १२ , बुधवार

जनता समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई विश्वासको मत नदिने भएको छ।प्रतिनिधि सभाको शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वास मतको प्रस्ताव पेस गर्दैछन्।

बिहीबार बसेको जनता समाजवादी पार्टी संसदीय दल बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने सर्वसम्मत् निर्णय भएको जानकारी दिए ।

जनता समाजवादीबाट दाहाल सरकारमा स्वास्थ्य मन्त्री र राज्यमन्त्री तथा वन मन्त्री थिए। उनीहरूले पदबाट राजीनामा दिएका थिए भने पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।