२०८१ मंसिर १२ , बुधवार

नेप्से परिसूचकले नाघ्यो २२०० अंक,कारोबार रकम पनि बढ्यो

Share Up

सुनाखरी न्युज/ काठमाडौं ।

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक २९.२१ अंकले बढेको छ।नेप्से १.३१ प्रतिशतले बढेर २२०४.६१ विन्दुमा बन्द भएको छ।बिहीबार कारोबार रकम पाँच महिनायताकै उच्च रहेको छ। यसअघि गत माघ ७ गते सात अर्ब ५२ करोडको सेयर कारोबार भएको थियो।

आजको कारोबार त्यसयताकै उच्च हो।बुधबार पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार सात अर्ब आठ करोड छ लाख ९८ हजार १४६ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ३४ करोड रूपैयाँ वृद्धि भएको हो।यस दिन ३३१ वटा धितोपत्रको दुई करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर किनबेच भएको हो।बिहीबार १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ।