२०८१ माघ ३ , बिहिवार

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागे

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग गरेका छन्।

शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्रस्ताव पेस गरेका हुन्। उक्त प्रस्तावमाथि शुक्रबारको प्रतिनिधि सभामा दुई घन्टा छलफल हुनेछ ।

एमाले र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डको सरकार अल्पमतमा परेको थियो। एमाले र नेपाली कांग्रेसले मिलेर नयाँ सरकार बनाउने सहमति गरिसकेका छन्।