२०८१ आश्विन ५ , शनिवार

मुम्बईमा हलिउड स्टारको ताँती, जोन सिना पनि पुगे

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मुम्बईमा आज हुन लागेकोे अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह समारोहमा सहभागि हुन हलिउड स्टारहरुको ओइरो लागेको छ । ‘फास्ट एण्ड फ्युरियस’ स्टार जोन सिना, ‘काम डाउन’ गायक रेमा पनि मुम्बईमा अवतरण भएका छन् ।

किम कार्दसियन र उनकी बहिनी ख्लो मुम्बई पुगेको केहीपछि जोन सिना र रेमा पनि पुगेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । सेलेना गोमेजसँग रेमाको पछिल्लो उक्त गीत विश्वब्यापी चर्चित भएको थियो ।

गतसाता रेस्लिङबाट सन्यास लिएका अभिनेता सिनाको लोकप्रियता नेपाल र भारतमा समेत उस्तै छ । शाहरुख, सलमान र आमिर खान पनि विवाह समारोहको हिस्सा हुने जनाइएको छ ।

प्रियंका चोपडा र उनका पति निक जोनस पनि अमेरिकाबाट मुम्बई पुगेका छन् । विवाह समारोह नेपाली समयानुसार बेलुका ५:१५ बजेदेखि सुरु हुँदैछ ।